मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका
Invalid date format १o:१८:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

ठूलो खतरा, ठूलो सफलता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
नयाँ पत्रिका
Invalid date format १o:१८:oo

सन् २००४ मा मार्क जुकरबर्ग एक सामान्य विद्यार्थी थिए । उनी अमेरिकाको प्रसिद्ध हार्वर्ड युनिभर्सिटीमा पढ्दै थिए । हार्वर्ड बसाइकै क्रममा उनले एउटा हार्वर्ड कनेक्ट वेबसाइटबारे थाहा पाए । यो वेबसाइट क्यामरोन र टाइलर विंकलवस नामका दुई दाजुभाइले बनाएका थिए । यो वेबसाइट देखेपछि जुकरबर्गको मनमा यस्तै केही गर्न सके हुन्थ्यो भन्ने लाग्यो । धेरै सोचेपछि उनको मनमा फेसबुक बनाउने विचार फुर्‍यो ।

फेसबुक त बनाउने, तर कसरी ? कोसित मिलेर वा कसको सहयोगमा बनाउने ? उनी बडो असमञ्जसमा परे । त्यतिखेर उनीसित दुईवटा बाटा थिए । एउटा निकै सजिलो थियो । उनले तिनै विंकलवस दाजुभाइसित मिलेर बडो आरामसित बसीबसी फेसबुक बनाउन सक्थे । विंकलवस दाजुभाइले पनि उनको विचार पक्कै मन पराउने थिए । र, उनीहरू जुकरबर्गसित मिलेर काम गर्न पनि तयार हुने थिए । यसबाट जुकरबर्गले निकै कम समयमा फेसबुक बनाउन सक्ने थिए ।

तर, जुकरबर्गले यस्तो केही गरेनन् र यो सजिलो बाटो हिँड्ने विचार त्यागिदिए । उनले त फेसबुक बनाउने कठिन बाटोको यात्रा रोजे । उनले यस योजनामा एक्लै काम गर्ने विचार गरे । किनकि, उनलाई राम्ररी थाहा थियो कि उनले सजिलो बाटोबाट काम गर्दा विंकलवस दाजुभाइसित निकै धेरै समस्या उत्पन्न हुनेछन् र आफ्नो योजनाअनुसार काम अघि बढ्न, सम्पन्न हुन र त्यसबाट मुनाफा आर्जन गर्न निकै कठिन हुनेछ ।

साँच्चै जुकरबर्गले दोस्रो कठिन बाटो हिँड्न छाडेर पहिलो सरल बाटो रोजेका थिए भने आज उनी यो स्थानमा हुने थिएनन् । आज उनीसित फेसबुककै कारण ६० अर्ब डलरभन्दा बढी सम्पत्ति छ ।