मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक १३ बिहीबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका जनकपुरधाम
२o७७ कार्तिक १३ बिहीबार १२:१६:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

‘मोहम्मद डे’को अवसरमा प्रदेश २ मा शुक्रबार सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o७७ कार्तिक १३ बिहीबार १२:१६:oo

‘मोहम्मद डे’को अवसरमा प्रदेश २ मा भोलि शुक्रबार सार्वजनिक बिदा हुने भएको छ । 

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाहुवलैहेबुल्मको जन्मजन्यती अर्थात् ‘मोहम्मद डे’को अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको हो । 

प्रदेश २ काे आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रेस विज्ञप्ति निकाली मोहम्मद डेको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने जनाएको छ । 

इस्लाम धर्मको अन्तिम पैगम्बरको रूपमा हजरत मोहम्मदको जन्म इस्लामिक तिथिअनुसार १२ रविउल्लऔएलका दिन खाडी मुलुक साउदीको मक्कामा भएको थियो । 

सोही दिनकै स्मरणमा मुस्लिम समुदायले उक्त दिन उत्सवको रूपमा मनाउँदै आएका छन् । 

मोहम्मद डेमा मुस्लिम समुदायले मिलाद, फातिहा, कुरयानखानी तथा ब्रत बस्ने गर्छन् ।