मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक ११ मंगलबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ कार्तिक ११ मंगलबार १६:३७:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमणबाट थप १४ जनाको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ कार्तिक ११ मंगलबार १६:३७:oo

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट देशभर थप १४ जनाको निधन भएको छ ।

योसमेत हालसम्म संक्रमण भएर निधन हुनेको संख्या आठ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

दुई दिनयता कोरोना परीक्षणको दर घटेकाले नयाँ संक्रमित थपिने क्रम घटेको छ । मंगलबार देशभर जम्मा पाँच सय ७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी यो अवधिमा ३१ सय ६८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

हाल दुई सय ८१ जनाको आइसियू र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।