मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक ८ शनिबार
  • Friday, 11 July, 2025
एजेन्सी
२o७७ कार्तिक ८ शनिबार १७:३२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

डब्‍ल्‍युएचओको चेतावनी- आगामी महिना कोरोना संक्रमण थप जटिल बन्छ 

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७७ कार्तिक ८ शनिबार १७:३२:oo

विश्व स्वास्थ्य संगठन (डब्‍ल्‍युएचओ)का महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरूमा कोभिड– १९ को समस्या थप बढ्ने चेतावनी दिएका छन् । 

उनले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरू ल्याउनका लागि विश्वका देशहरूलाई आग्रह पनि गरेको बताइएको छ ।

महानिर्देशक गेब्रेयसले विश्वमा कोभिड– १९ को समस्या हल भइसकेको छैन, बरु कतिपय देशमा अझै बढ्दै गएको छ भन्दै यो समस्या आगामी महिनाहरूमा थप बढ्ने बताएका हुन् । शुक्रबार आयोजना गरिएको एक भर्चुअल बैठकमा सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् ।

गेब्रेयसले भने, ‘कतिपय नर्दन हेम्सफियरका देशहरूमा यो समस्या अझै बढ्दै गएको छ, ती देशका नागरिकले अहिले पनि निकै समस्या भोगेका छन् र कैयौँको ज्यान पनि गएको छ ।’

विश्वका कतिपय देशमा बढ्दो मात्रामा देखिएको महामारी हेर्दा पनि आगामी दिनहरू थप समस्याग्रस्त हुन सक्ने भन्दै अहिले हामी महामारीको निकै समस्याको अवस्थामा छौँ भनेका छन् ।

हालै मात्र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि हाल विश्वमा नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको, विश्वका देशहरूले अकल्पनीय रूपमा समस्याको सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए ।

विश्वका देशहरूले सीमा बन्द गरेका कारण नागरिकको एक ठाउँबाट अर्को ठाउँमा आवतजावतमा समेत ठूलो समस्या भइरहेको भन्दै सुरक्षाका मापदण्डहरू अपनाएर यी समस्याको समाधान निकाल्न महासचिव गुटर्रेसले आग्रह गरेका थिए।

महासचिव गुटर्रेसले विश्वमा अहिले पनि बढ्दो रूपमा नै देखिएको कोरोना महामारीको समस्याबाट विश्वभर नै आर्थिक मन्दीको अवस्था आउन सक्ने भएकाले त्यस विषयमा सोच्न आग्रह गरेको केही समयपछि यता विश्व स्वास्थ्य संगठनका महानिर्देशकको यो चेतावनी आएको बताइएको छ ।