मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक ८ शनिबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ कार्तिक ८ शनिबार १६:३३:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमणबाट थप १३ जनाको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ कार्तिक ८ शनिबार १६:३३:oo

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा देशभर थप १३ जनाको निधन भएको छ । 

योसमेत हालसम्म देशभर संक्रमणबाट निधन हुनेको संख्या आठ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो अवधिमा देशभर २२ सय २५ जना नयाँ संक्रमित थपिएको र २८ सय ४६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । 

हाल सक्रिय संक्रमित भने ४६ हजार ५७ जना छन् ।

संक्रमितमध्ये तीन सय सातजनाको आइसियू र ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।