१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक ८ शनिबार
  • Monday, 30 June, 2025
२o७७ कार्तिक ८ शनिबार १३:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ पत्रिका समाचार प्रभाव : अभिभावकविहीन भुटानी शरणार्थी बालबालिकालाई राहत वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ कार्तिक ८ शनिबार १३:३४:oo

अभिभावक गुमाएर बिचल्लीमा परेका भुटानी शरणार्थी बालबालिकालाई फ्रेन्स क्लब बिआरसीको संयोजनमा राहत वितरण गरिएको छ । 

पुनर्वास भएका भुटानी शरणार्थीको सहयोगमा बिआरसीले अभिभावकविहीन ३८ जना बालबालिकालाई राहत दिएको हो । 

अभिभावकविहीन भुटानी शरणार्थी बालबालिका बिचल्लीमा परेको समाचार नयाँ पत्रिका दैनिकमा शुक्रबार प्रकाशित भएको थियो । 

समाचारपछि बिआरसीको संयोजनमा बालबालिकालाई जाडोका लागि ट्र्याकसुट, जुक्तामोजा र प्रतिबालबालिका नगद दश हजार प्रदान गरिएको क्लबका अध्यक्ष युवराज राईले जानकारी दिए । 

अभिभावकविहीन बालबालिकालाई प्रतिबालबालिका १० हजार  भुटानी शरणार्थी अर्जुन सुवेदीको नेतृत्वमा रहेको नक्षत्र फाउन्डेसनको संयोजनमा आइभोरी होम हेल्थ सर्भिस आईएनसी, होम ल्याण्ड होमकेयर सर्भिस एलएलसी र फस्ट इम्प्यारियल इन्स्योरेन्स एजेन्सीले सहयोग गरेका थिए । 

यी संस्था पुनर्वास भएका भुटानी शरणार्थीले अमेरिकामा स्थापना गरेका हुन् । यी संस्थाले भुटानी शरणार्थीको दुःख सुखमा सधैँ साथ दिँदै आएका छन् ।

‘सबैको घरमा दसैँ आयो । अभिभावकविहीन बालबालिकाले अरूको घरमा पाकेको मीठो–मसिनो सुँघेर अघाउनुपर्ने बाध्यता थियो,’ उनले भने, ‘उनीहरूले पनि दसैँ राम्रोसँग मनाउन पाउन् भनेर हामीले संयोजन गरेका हौँ ।’ 

उनीहरूलाई राहत उपलब्ध गराउन पुनर्वास भई अमेरिका पुगेका मन पौडेल, लोचन खतिवडा, मंगलसिंह तामाङ, अष्ट्रेलियामा रहेका बेल्डाँगी शरणार्थी शिविरका पूर्वसचिव टीकाराम रसाइलीको नेतृत्वमा रहेको ‘आँसु पुछौँ’ समूह, नरमाया सुब्बा, वीरु तामाङ, नवीना नेम्वाङ, करुणा राई, तारा विश्व, बुद्धिमाया माझी, श्रीमाया तामाङ, नीरमाया कार्की, विष्णु राई र पूर्णिमाया तामाङले सहयोग गरेका थिए । 

‘यो हाम्रो प्रयास मात्र हो । अभिभावकविहीन बालबालिकालाई यो पर्याप्त छैन । हामी अझै पनि सहयोगको खोजीमा छौँ,’ राईले भने, ‘यी बालबालिकाको अवस्था एकदम नाजुक छ । उनीहरूको अवस्था शब्दमा व्यक्त गर्नै सक्दैनौँ ।’