मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ कार्तिक ७ शुक्रबार १८:४१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसले निर्माण गरेको ‘स्पुतनिक भी’काे भारतमा पनि परीक्षण हुँदै 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ कार्तिक ७ शुक्रबार १८:४१:००

 रुसले निर्माण गरिरहेको कोभिड– १९ विरुद्धको खोप ‘स्पुतनिक भी’को परीक्षण भारतमा पनि गरिने भएको छ । 

यस विषयमा भारतको औषधिसम्बन्धी केन्द्रीय निकाय सेन्ट्रल ड्रग्स स्ट्यान्डर्ड कन्ट्रोल अर्गनाइजेसन्सले अनुमति दिएको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् ।

भारतका एक सयजना स्वयंसेवकमा यो खोपको परीक्षण गरिने भएको हो । उक्त खोप भारतमा परीक्षणका लागि अनुरोध भएको र अनुमति पनि दिइएको अधिकारीहरूले जानकारी दिएका छन् ।

यो परीक्षण दोस्रो चरणको हुनेछ । उक्त स्पुतनिक भी नामको रुसले निर्माण गरेको खोपको परीक्षणका लागि भारतले अनुमति दिएको र त्यसपछि यसको अर्को अर्थात् तेस्रो चरणको परीक्षण गरिने बताइएको हो ।

भारतको ठूलो फर्मास्युटिकल कम्पनी डा. रेड्डिज ल्याबरेटोरिजले भारतमा सो खोपको परीक्षण गर्न पाउने गरी गत हप्ता मात्र अनुमति पाएको बताइएको थियो । सोहीअनुरूप तयारी भएको हो ।  

तर, त्यो परीक्षणको समयबारे भने अहिले नै निश्चित भएको छैन । अधिकारीहरूले उक्त परीक्षण भारतमा चाँडै नै हुने बताएका छन् । 

भारतमा यहाँका एक सयजना स्वयंसेवीमा यो खोपको परीक्षण गरेपछि यसको तेस्रो क्लिनिकल ट्रायल अर्थात् तेस्रोपटकको परीक्षण हुने बताइएको छ । 

भारतमा सो खोपको परीक्षण गर्न अनुमति पाएको डा. रेड्डिज ल्याबरेटोरिजले बताएअनुसार यहाँ अबका केही दिनमा एक सयजनामा यो दोस्रो चरणको परीक्षण गरिनेछ । 

त्यस्तै, अर्को अर्थात् तेस्रो चरणको परीक्षण भने एक हजार चार सयजनामा गरिने पनि बताइएको छ । यसको दोस्रो चरणको परीक्षणपछि विज्ञहरूले यसको असर र प्रभावकारिताको विश्लेषण गर्नेछन् । त्यसपछि मात्र तेस्रो चरणको परीक्षण गरिने सो कम्पनीले जानकारी दिएको छ ।