मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ कार्तिक ७ शुक्रबार १५:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चौरसिया हत्यामा संलग्नलाई कारबाही गर्न नेकपा नेता नेपालकाे माग  

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ७ शुक्रबार १५:४४:००

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पर्सा जिल्ला कमिटी सदस्य मुकेश चौरसियालाई आक्रमण गरी हत्या गर्ने दोषीमाथि  कारबाही गर्न माग गरेका छन् ।

पार्टीको शपथग्रहण कार्यक्रमममा बिहीबार चौरसियामाथि आक्रमण भएको थियो । गम्भीर घाइते उनको उपचारको क्रममा शुक्रबार निधन भएको हो । 

विन्दवासनी गाउँपालिकाको शपथग्रहण कार्यक्रममा नेकपाकै दुई समूहबीच झडप भएको थियो  । एक पक्षले विन्दवासनी गाउँपालिका– ५ परसौनी भाठामा गाउँपालिका कमिटीको शपथग्रहण आयोजना गरेको थियो भने अर्को गुटका कार्यकर्ताले कार्यक्रममा सहभागी हुन नपाउँदा असन्तुष्टि जनाउँदै विरोध गरेपछि झडप भएको थियो । 

कार्यक्रमस्थलमा विवाद भएपछि दुवै पक्षबाट लाठी हानाहान हुँदा आठजना घाइते भएका थिए । 

नेपालले सामाजिक सञ्जालमा चौरसियाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पार्टी कार्यक्रममा आफ्नै कामरेडको हत्या गर्ने गराउने व्यक्ति वा समूह जुनसुकै आवरणमा बसेको भए पनि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । 

चौरसिया सो गाउँपालिकाका पार्टी सचिव पनि हुन् । नेकपा पर्साका नेताहरूबीच आन्तरिक विवादका केही सातायता अलगअलग शपथग्रहण कार्यक्रम हुँदै आएको छ । 

नेकपा पर्साका नेताहरूका आन्तरिक गुटबन्दीले ठूलो विवाद भएपछि घटना घटेको नेताहरूले बताएका छन् ।