१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १८:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:o९:oo

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । ६ दिनदेखि सामान्य रुघाखोकीका कारण होम आइसोलेसनमा बस्दै आएका मुख्यमन्त्री पौडेललाई बिहीबार साँझ कोरोना संक्रमण पुष्टि भएको हो ।
    
हेटौँडास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्दा मुख्यमन्त्री पौडेलसहित उनकी पत्नी विजया पौडेल, एकजना अंगरक्षक, दुईजना निजी चालक र निजी निवासमा कार्यरत एकजना कार्यालय सहयोगीलाई संक्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।
    
७५ वर्षीय पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनी मुख्यमन्त्रीको सरकारी निवासमा होम आइसोलेसनमा बसिरहेका छन् । स्वास्थ्यमा थप समस्या देखिए मात्र अस्पताल लगिने प्रेस संयोजक दाहालले बताए । 

मुख्यमन्त्रीसँगै कोरोना पुष्टि भएका उनकी पत्नी, सुरक्षाकर्मी, चालक र कर्मचारी पनि होम आइसोलेसनमा बसिरहेका र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । दुई साताअघि मुख्यमन्त्रीको सचिवालयका एक कर्मचारीलाई पनि संक्रमण पुष्टि भएको थियो ।

ad
ad