१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १६:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

कोरोनाबाट निधन हुनेको संख्या आठ सय नाघ्यो, आज २१ जनाको निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १६:३८:oo

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप २१ जनाको निधन भएको छ ।

योसमेत बिहीबारसम्म देशभर संक्रमणबाट निधन हुनेको संख्या आठ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर बिहीबार ३६ सय ३७ जना संक्रमित थप भएका छन् भने ३२ सय १५ जना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितको संख्या ४४ हजार आठ सय ७७ पुगेको छ । हाल दुई सय ९० जनाको आइसियू र ७७ जनाको भेन्टिलेरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

ad
ad