कोरोनाबाट निधन हुनेको संख्या आठ सय नाघ्यो, आज २१ जनाको निधन

बिहिबार, ६ कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप २१ जनाको निधन भएको छ ।

योसमेत बिहीबारसम्म देशभर संक्रमणबाट निधन हुनेको संख्या आठ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर बिहीबार ३६ सय ३७ जना संक्रमित थप भएका छन् भने ३२ सय १५ जना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितको संख्या ४४ हजार आठ सय ७७ पुगेको छ । हाल दुई सय ९० जनाको आइसियू र ७७ जनाको भेन्टिलेरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

सुझावित समाचार