मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

राजधानीमा हिँड्ने बढे, किन्ने बढेनन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५१:oo

सबैभन्दा ठूलो चाड दसैँका वेला विगतमा राजधानीका मुख्य व्यापारिक केन्द्रमा मानिसको थेगिनसक्नु भिड हुन्थ्यो । सामान बिक्री गर्न व्यापारीलाई भ्याइनभ्याई हुन्थ्यो । भिडले गल्लीका गन्तव्य छिचोल्न मुस्किल पर्दथ्यो ।

तर, कोरोना संक्रमण राजधानी काठमाडौंमा निरन्तर बढ्दै गएकाले दसैँका वेला पनि चहलपहल बढ्न सकेको छैन । कोरोनाका कारण व्यापारका मन्दी आएको व्यवसायीको गुनासो छ । ‘कोरोनाका कारण धेरै मानिस उपत्यका भित्रिन सकेका छैनन्, आएकाहरू पनि सकेसम्म बजार जान खोज्दैनन्,’ असनका मसला व्यापारी लोकेश लामाले भने, ‘बजार आउने निकै घटेका छन् ।’

राससका अनुसार दसैँ किनमेलका लागि भिडभाड हुने बजारहरू महाबौद्ध, असन, इन्द्रचोक, न्युरोडमा याे वर्ष व्यापार घटेको छ । ‘बजारमा हिँड्ने मान्छे त बढे तर किन्ने बढेनन्,’ लामाले भने । उपत्यकाको सडकमा समेत मानिसको आवागमन कम देखिएको छ । 

व्यापारीहरू भूकम्प आउँदासमेत यस्तो मन्दी नभएको अनुभव सुनाउँछन् । यसपटक इतिहासकै व्यापारिक मन्दी भएको उनीहरूले बताए ।