मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025
समाचार प्रिन्ट संस्करण

गृहमन्त्रीलाई कसैले चलाइरहेको छ जस्तो देखिन्छ : हेमन्त मल्ल, पूर्वडिआइजी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ३२ बुधबार ११:१४:oo

गृहमन्त्रीमाथि जुन विश्वास गरिएको थियो, त्यो पूरा गर्न सक्नुभएन । उहाँ बोलीचालीमा कसैलाई नबिझ्याउने नेता हुनुहुन्छ । तर, व्यवहारमा त्यो देखिएन । गृहमन्त्रीका रूपमा उहाँ आफैँले काम गरिरहनुभएको छ कि उहाँलाई कसैलाई चलाइरहेको छ कि जस्तो देखिन्छ ।

गृहमन्त्री भएलगत्तै जसरी उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणलाई पन्छाउने काम गर्नुभयो, त्यसवेलादेखि नै उहाँमाथि प्रश्न उठेको थियो । त्यसपछि गत वर्षको विपत्मा उहाँमाथि झन् प्रश्न उठे । भिजिट भिसा प्रकरणमा त साह्रै नराम्रो भयो ।

प्रहरीमा अलि राजनीतीकरण भयो जस्तो लाग्छ । सरुवा–बढुवामा हस्तक्षेपका कुरा बाहिर आएका छन् । अनुसन्धानलाई पनि मन्त्रालयलाई निर्देशित गर्ने काम ठिक होइन । प्रहरी ऐन–नियमलाई समेत भिटो लगाउने काम भयो । यसरी बाहिरी हस्तक्षेप बढ्दै जाँदा प्रहरीमा अनुशासन कायम गर्न गाह्रो हुन्छ ।

यो पनि पढ्नुहोस् >> विवादै–विवादमा गृहमन्त्री लेखकको एक वर्ष, ‘भिजिबिलिटी’देखि भिजिट भिसासम्म