मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025
२o८२ असार ३२ बुधबार ११:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ३२ बुधबार ११:५३:oo

उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी-कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ । गएरातिको वर्षासँगै कोरला राजमार्गको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि कोरला सडक आज बिहानैदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

कागबेनीस्थित कागखोलाबाट करिब दुई सय मिटर उत्तरतर्फ कोरला सडकको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाले जानकारी दिए । केहीबेर अघिदेखि अवरुद्ध सडक खुलाउन डोजरसहित आवश्यक जनशक्ति त्यसतर्फ पठाइएको उनले बताए । 

मुस्ताङमा कागबेनी–कोरला सडक अवरुद्ध बनेपछि उपल्लो मुस्ताङ आवतजावत गर्ने सवारीसाधन रोकिएका छन्। लामाले माथिबाट ठुलाठुला चट्टान खसेकाले सडक खुलाउन केही समय लाग्न सक्ने जानकारी दिए। उनले तत्कालका लागि मोटरसाइकल र हलुका सवारीसाधन आवतजावत गर्न मिल्ने गरी पहिरो पन्छाउने काम भएको बताए ।

मुस्ताङमा गएरातिको वर्षासँगै कालीगण्डकी नदीको बहाव उच्च भएको छ । यहाँ तटीय क्षेत्रका बस्तीलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।