Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७७ कार्तिक ६ बिहीबार ०६:४५:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७७ कार्तिक ६ बिहीबार ०६:४५:००

एक युवक टाउको निहुराएर समयमै आफ्नो काममा पुग्न हतार–हतार हिँडिरहेका थिए । जाँदै गर्दा बाटोमा उनले एकजना मजदुरले रङ पोतिरहेको देखेर टक्क रोकिए ।

मजदुरले रङ पोत्ने क्रममा समय र सामान दुवै फारो गर्न सकिरहेका थिएनन् । त्यसरी काम गर्दा एकातिर बढी समय लाग्थ्यो भने अर्कातिर सामान पनि बढी लागिरहेको थियो । त्यो सबै हेरिरहेका युवक मजदुरनजिकै गए र नम्र स्वरमा भने, ‘साथी, अहिले तपाईंले लगाइरहेको भन्दा थोरै समय र कम सामानले योभन्दा राम्रो काम हुन सक्छ । तपाईं त्यो सीप सिक्न चाहनुहुन्छ ?’

युवकको प्रश्न सुनेर मजदुर छक्क परे । उनले जवाफ दिन सकेनन् । उनको छेवैमा उनका मालिक पनि उभिइरहेका थिए । युवकको प्रस्ताव सुनेपछि तिनले भने, ‘भाइ, तिमीसित यस्तो कुनै सीप छ भने हामीलाई पनि सिकाऊ न त ।’

मालिकको अनुरोध सुनेपछि ती युवकले मजदुरले लगाउने एप्रोन लगाएर रङ पोत्ने सामान लिएर काममा जुटे । साँझ हुनुअगावै उनले आफ्नो कुरा सिद्ध गरेर देखाइदिए । त्यहाँबाट बिदा भएर जाने वेलामा मालिकले ती युवकलाई उनको पारिश्रमिक र विशेष इनामसमेत दिए । तर, उनले त्यो पैसा मजदुरलाई दिए र भने, ‘काम त उहाँकै हो, मैले त यसमा सहयोग मात्र गरेको हुँ ।

मैले यो पैसा लिएँ भने उहाँको पारिश्रमिक खोसिनेछ, जुन पटक्कै राम्रो होइन ।’ यसरी कम समयमा कम सामान प्रयोग गरेर काम गरेर देखाइदिने ती युवकको नाम थियो– कार्ल मार्क्स । जसले पछि साम्यवादको नयाँ सिद्धान्त प्रतिपादन गरी संसारमा नयाँ विचारधाराको बिउ रोपे ।