मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ कार्तिक ५ बुधबार १७:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हत्या आरोपमा पक्राउ

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ५ बुधबार १७:४८:००

हिमा गाउँपालिका– ३ मोफ्ला गाउँकी १६ वर्षीया बबिता रोकायालाई हत्या गरेको आरोपमा सोही गाउँका ३७ वर्षीय रामचन्द्र डाँगीलाई प्रहरीले पक्राउ गरेको छ । आरोपित डाँगीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । 

प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार १९ असोज ०७७ को राति घरबाट बेपत्ता भएकी किशोरीको १ कात्तिकमा हिमा गाउँपालिका– १ पागरपालीस्थित हिमा नदीको छेउमा शव फेला परेको थियो । उनले भने, ‘नदीको तालमा किशोरीको शव खुट्टामाथि फर्केको र टाउको पानीमा थिग्रिएको अवस्थामा भेटिएको हो । पानीमाथि शव तैरनुपर्ने हो, तर घाँटीमा डोरी बाँधिएकोले टाउको पानीमा थिग्रिएर बसेको रहेछ । घटनाको सबै प्रकृति हेर्दा हत्या गरिएको भन्ने प्रहरीले आशंका गरेको छ ।’ 

किशोरी बेपत्ता भएको हप्ता दिनपछि मोफ्ला गाउँदेखि माथि डाँडामा कपडा पनि भेटिएकोले बरामत गरी प्रहरीले मुचुल्कासमेत गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा १ कात्तिकमा पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टम गर्दा किशोरीको पेटमा तीन महिनाको बच्चा देखिएको थियो । भट्टराईले भने, ‘डिएनए र भिसिआर परीक्षणका लागि प्रहरी विज्ञान प्रयोगशाला काठमाडौं पठाउने तयारी गरिएको छ ।’ 

हत्या गरेको आरोपमा सोही गाउँपालिका– ३ मोफ्ला गाउँका १९ वर्षीय करबहादुर भण्डारी र ३७ वर्षीय रामचन्द्र गाँडीको नाममा किशोरीका आफन्तले कर्तव्य ज्यान मुद्दा दर्ता गराएका छन् । हत्या आरोपित भण्डारी भने फरार रहेको प्रहरीले जनाएको छ ।