मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ३ सोमबार ०६:४४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

होन्डाद्वारा नयाँ होन्डा सिआर–भी सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ३ सोमबार ०६:४४:००

नेपालका लागि होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले नयाँ होन्डा सिआर–भी २०२० नेपाली बजारमा ल्याएको छ । कम्पनीले स्टाइल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी परिष्कृत पर्फमेन्स र सानदार इन्टेरियरका साथ उक्त गाडी बजारमा ल्याएको हो ।  यसमा नयाँ आइडिटेक इन्जिन रहेको जनाइएको छ । ५औँ जेनेरेसनको यस कारमा हाई टेक्नोलोजीयुक्त एक्स्टेरियर र इन्टेरियर सुविधाहरूले सबैको ध्यान आकर्षण गर्ने कम्पनीको दाबी छ । 

 विशेषता
आफ्नो सेग्मेन्टमा सर्वाधिक २ सय १० एमएम ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ । यसमा एडभान्स इन्टिगे्रटेड एलइडी हेड ल्याम्पस्, इनलाइन एलइडी फग ल्याम्पस्, फ्रन्ट पार्किङ सेन्सर, पुस बटन गियर सिस्टम, पानोरोमा सनरुफ, स्माट किलेस इन्ट्री रहेको जनाइएको छ । त्यस्तै, प्याडल सिफ्टिङ गियर, ८ प्रकारको पावर ड्राइभिङ सिट, ४ प्रकारको लम्बर सपोर्ट सिट, उच्चस्तरीय लेदर तथा उडन फिनिस क्याबिनका साथै ७ जनासम्म प्यासेन्जरहरू बस्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ । 

९ स्पिड सिभिटीसहितको १.६ आइडिटेक टर्भो इन्जिनयुक्त र अफ रोडिङ अनि सिटी ड्राइभ दुवैका लागि पावर र पर्फमेन्सयुक्त होन्डा सिआर–भीले नेपाली सडकमा ग्राहकको मन जित्ने कम्पनीको दाबी छ ।