१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रासस/एएनआई
२o८१ बैशाख ३१ सोमबार १६:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व

अदालतको आदेशले सात महिनापछि खुल्यो भारतको बाँके बिहार मन्दिर

Read Time : < 1 मिनेट
रासस/एएनआई
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:३७:oo

भारतको मथुरास्थित बाँके बिहार मन्दिर अदालतको आदेशपछि शनिबार खुलेको छ । कोरोना महामारी फैलिएपछि महिनौँदेखि बन्द याे मन्दिर नवरात्रिको पहिलो दिन पारेर शनिबारदेखि खुला गरिएको हो ।  

विश्वविख्यात यस मन्दिर सात महिनादेखि बन्द थियो । अदालतले मापदण्ड कडाइका साथ पालना गरेर खुला गर्न निर्देशन दिएपछि खुलेको मन्दिरका पदाधिकारीहरूले जानकारी दिएका छन् । 

दर्शालुहरूलाई बिहान ८ः३० देखि मध्याह्न १२ बजेसम्म र बेलुका ५ः३० देखि ९ः३० सम्म प्रवेश गर्न दिइने भएको छ । दर्शालुहरूलाई सामाजिक दूरी कायम गर्ने, स्यानिटाइजारको प्रयोग गर्ने, मास्क लगाउनेलगायतका नियम पूर्ण रूपमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ । 

हिन्दूहरूको अत्यन्त आस्था रहेको यस मन्दिरमा बर्सेनि लाखौँ हिन्दू धर्मावलम्बीले दर्शन गर्दै आएकोमा कोरोना महामारीका कारण सुस्ताएको छ ।

ad
ad