१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o५:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मध्य सिजन  ट्रान्सफरमा सन्दीप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o५:५o:oo

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल)मा उत्कृष्ट प्रदर्शन जारी नै राखेको छ । योपटक प्ले अफ स्थानको दाबेदारीमा दिल्ली निकै अगाडि छ । दिल्लीले यो सिजनमा केही नाम चलेका सिनियर तथा युवा खेलाडीलाई आठ चरणसम्म खेलाएको छैन । यसैबीच दिल्लीले ११ खेलाडीलाई मिड सिजन ट्रान्सफर (खेलाडी किनबेच)मा समावेश गरेको छ । त्यही लिस्टमा सन्दीप पनि परेका छन् । 

२०१८ मा सन्दीप न्यूनतम २० लाख भारुमा दिल्लीसँग आबद्ध भएका थिए । पहिलो सिजनको अन्तिम तीन खेलमा सन्दीपले मौका पाए । उनले पहिलो सिजनमा पाँच विकेट लिए । गत वर्षको संस्करणसमेत उनले सुरुवातीमै स्थान बनाए । त्योवेला उनले ६ खेलमा आठ विकेट लिए । सन्दीपको प्रदर्शन उतारचढाव हुँदा थप खेलमा भाग लिन पाएनन् । 

योपटक भने सन्दीपले आठ खेल सकिँदासम्म दिल्लीबाट बलिङ गर्न मौका पाएका छैनन् । यता भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले आइपिएलको सात चरण खेल समाप्तिसँगै मध्य सिजन ट्रान्सफर लागू गरेको हो । यो भनेको सहभागी फ्रेन्चाइच टोलीले आफ्नोमातहतमा रहेका खेलाडीलाई अक्सनमा राख्नु हो । अहिलेसम्म दुई वा सोभन्दा कम खेल खेलेका खेलाडी मात्र अक्सनमा राख्न पाउने प्रावधान बनाइएको छ । दुईभन्दा बढी खेलमा सहभागिता जनाएका खेलाडीलाई अक्सनमा राख्न मिल्दैन ।

यसअघि अनक्याप्ड खेलाडी मात्र ट्रान्सफर हुने प्रावधान थियो । योपटकको आइपिएलको मध्य सिजन ट्रान्सफरमा ९० खेलाडी समावेश गरिएको छ । आइपिएलको नयाँ नियमअनुसारै सन्दीप मध्य सिजन ट्रान्सफरमा परेका हुन् । मध्य सिजन ट्रान्सफर नियमअनुसार फ्रेन्चाइज टोलीहरूले कुन खेलाडी लिने भन्ने एकआपसमा प्रस्ताव पठाउनेछन् । दुई टोलीबीचको समझदारीमा नै खेलाडी साटासाट हुनेछ । 

दिल्लीले अजिन्का राहाने, किमो पाउल, एलेक्स क्यारी, अभेष खान, हर्सल पटेल, इशान्त शर्मा, ललित यादव, डेनियल साम्स र मोहित शर्मालाई अक्सनमा समावेश गरेको छ । पाँच दिनसम्म चल्ने मध्य सिजन ट्रान्सफर विन्डो खुला छ । दिल्लीले ट्रान्सफरमा सन्दीपलाई समावेश गरे पनि उनी अन्य टोलीमा जाने सम्भावना न्यून छ । दिल्लीका अनुभवी लेग स्पिनर अमित मिश्राले चोटका कारण आइपिएल गुमाइसकेका छन् । दिल्लीलाई यतिवेला विश्वासिलो स्पिनरको पनि खाँचो छ ।

पछिल्लो समयमा सन्दीपले टी–२० फ्रेन्चाइजमा उत्कृष्ट प्रदर्शन गरेका कारण पनि उनलाई दिल्लीले अझै विश्वास गरेको छ । विदेशी कोटामा रहेका खेलाडीको प्रदर्शन तारिफयोग्य भएकाले पनि सन्दीपले मौका नपाएको बताइन्छ । विदेशी बलरको प्रदर्शन नराम्रो हुँदा सन्दीप नै दिल्लीको अन्तिम वैकल्पिक स्पिनर हुन् । 

ad
ad