मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज ३० शुक्रबार १७:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्दिर तथा शक्तिपीठहरू भक्तजनका लागि खुला नगर्नू : गृह मन्त्रालय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज ३० शुक्रबार १७:३१:००

गृह मन्त्रालयले दसैँको वेला मन्दिर तथा शक्तिपीठहरू नियमित पूजा गर्नबाहेक भक्तजनको लागि खुला नगर्न आग्रह गरेको छ । 

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मन्दिर तथा शक्तिपीठहरूमा भिडभाड हुँदा कोभिड १९ संक्रमणको जोखिम झनै बढ्ने भएकाले भक्तालुहरूका लागि रोक लगाइएको बताए । तर, नित्य पूजाआजा भने नियमित रूपमा सुचारु गर्न सकिने उनले बताए । 

मन्दिरमा भिडभाड नगर्न स्वास्थ्य मन्त्रालयले समेत आग्रह गरिरहेकाले त्यसको कार्यान्वयनका लागि गृह मन्त्रालयले सहयोग गर्ने उनले बताए ।  

दसैँको वेला विभिन्न शक्तिपीठहरूमा विशेष पूजाआजा गरिन्छ भने धेरै संख्यामा भक्तालुहरू पुग्ने गर्छन् । त्यसैले मन्दिरहरूमा हुन सक्ने भिडभाडलाई ध्यान दिँदै सरकारले नियमित पूजाआजाबाहेकका सबै धार्मिक र सांस्कृतिक गतिविधि गर्नमा रोक लगाएको हो ।