Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ३० शुक्रबार १६:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फेसबुकमा ‘बलात्कारी समूह’ बनाउने युवक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ३० शुक्रबार १६:५९:००

 फेसबुकमा ‘बलात्कारी समूह’ बनाएर महिलामाथि अमर्यादित टीकाटिप्पणी गर्ने व्यक्ति पक्राउ परेका छन् । प्यूठान घर भई नवलपरासी पूर्व बस्ने १९ वर्षीय नवीन बस्नेतलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । 

कावासोतीबाट प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको हो । उनले सो समूह आफूले बनाएको स्वीकार गरेका छन् । पक्राउ परेपछि उनले महिलालाई अपमान गर्ने उद्देश्यले त्यस्तो समूह नबनाएको दाबी गरेका छन् । 

उनलाई काठमाडौं ल्याई साइबर अपराध मुद्दामा कारबाही गरिने ब्युरोका एसपी पशुपति रायले बताए । सामाजिक सञ्जालमार्फत सूचना लिएर प्रहरीले अनुसन्धान गरी उनलाई पक्राउ गरेको हो।