१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निजी विद्यालयका अभिभावक आन्दोलित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o९:oo

काठमाडौंको बुद्धनगरस्थित काठमाडौं मोडल स्कुलले लकडाउनको अवस्थामा पनि मसिक शुल्क बढाएर लिएको भन्दै अभिभावकले विद्यालय घेराउ गरेका छन् । 

अभिभावकले कोभिड-१९ का कारण पठनपाठन बन्द भएको अवस्थामा पनि बढी शुल्क लिएको भन्दै शुक्रबार बिहान विद्यालय घेराउ गरेका हुन् । 

महामारीको अवस्थामा विद्यालय पनि बाँच्नुपर्ने र अभिभावक पनि सहज अवस्थामा रहनुपर्ने गरी अनलाइन कक्षाको शुल्क निर्धारण गर्न आफूहरूले पटकपटक आग्रह गर्दासमेत सुनुवाइ नभएको अभिभावकले बताएका छन् । 

अभिभावकले वार्षिक शुल्क तिर्न नसक्ने, अनलाइन शिक्षाको छुट्टै शुल्क निर्धारण हुनुपर्ने र विद्यालयमा अभिभावकको प्रतिनिधि हुनुपर्ने माग गरेका छन् । उनीहरूले कोभिडको अवस्थामा अनलाइन शिक्षाको शुल्क निर्धारण गरी लिनुपर्ने ठाउँमा मासिक शुल्कमै पाँच सय रुपैयाँ बढाएर लिएको बताएका छन् । 

नेपाल अभिभावक महासंघका संयोजक शुभप्रभात भण्डारीले सरकारले अनलाइन शिक्षाको शुल्क निर्धारण नगरिदिँदा विद्यालयले आफूखुसी उठाउने गरेको बताए। अभिभावकहरूको पेसा, रोजगारी गुमेको अवस्थामा सरकारले सहयोग गर्नुपर्ने ठाउँमा द्वन्द्व सिर्जना गरेको उनकाे भनाइ छ । 

सरकारले निजी लगानीका संस्थागत विद्यालयमा अनलाइन शिक्षाको शुल्क निर्धारणको जिम्मा स्थानीय तहलाई दिएको थियो । 

असोज दोस्रो साताभित्र शुल्क निर्धारण गरी कार्यान्वयनमा ल्याउनुपर्ने व्यवस्था गरिए पनि अहिलेसम्म अधिकांश स्थानीय सरकारले शुल्क निर्धारण गर्न सकेका छैनन् । 

जसको फाइदा उठाउँदै केही विद्यालयले आफूखुसी शुल्क निर्धारण गर्न थालेका छन् । यससँगै अधिकांश विद्यालयमा अभिभावक र निजी विद्यालयका सञ्चालकबीच विवाद बढेको देखिन्छ ।