१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ३० शुक्रबार ११:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कक्षा १२ को परीक्षा वैकल्पिक व्यवस्थामार्फत गर्न कांग्रेसको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ३० शुक्रबार ११:३५:००

नेपाली कांग्रेसले कक्षा १२ को वनर्षिक परीक्षा वैकल्पिक व्यवस्थामार्फत सञ्चालन गर्न आग्रह गरेको छ ।

कोरोनाका कारण सात महिनादेखि रोकिएको कक्षा १२ को परीक्षा हुन सकेको छैन । 

कांग्रेसका शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद पौडेलले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने गरी परीक्षाजस्तो विषयमा सरकार उदासीन देखिएकोमा खेद प्रकट गरेका छन् । 

उनले वैकल्पिक व्यवस्थामार्फत परीक्षा सञ्चालन गर्ने व्यवस्था गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेका छन् । 

उनीद्वारा जारी विज्ञप्तिमा कक्षा १२ को परीक्षा अगावै बिचौलियाले स्नातक तहको इन्जिनियरिङलगायत कार्यक्रममा डोनेसनको आधारमा विद्यार्थी भर्ना गरेको भन्ने बुझिएको भन्दै बिचौलियालाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराइएको छ ।