मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ असोज ३० शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका
२o७७ असोज ३० शुक्रबार o८:o६:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
नयाँ पत्रिका
२o७७ असोज ३० शुक्रबार o८:o६:oo

सहरको एक गल्लीमा पुरानो तालाको दोकान थियो । दोकानमा तालाचाबी मात्र बेच्न राखिएका थिए । कहिलेकाहीँ चाबी हराएका मानिस डुप्लिकेट चाबी बनाउन पनि आउँथे । तालाको दोकानमा एउटा ठूलो हतौडा पनि थियो, जुन ताला तोड्नलाई प्रयोग गरिन्थ्यो । 

सानो चाबीले सहजै ताला खोलेको देखेर हतौडा अक्सर सोच्थ्यो– आखिर यति सानो चाबीमा त्यस्तो के खुबी छ, जसले ठुल्ठूला ताला पनि सजिलै खोलिदिन्छ, जबकि मलाई यसका लागि कति धेरै प्रहार गर्नुपर्छ ।

हतौडाले जिज्ञासा जसरी पनि मेटाउने सोच्यो । सोही रात दोकान बन्द भएपछि हतौडाले एउटा सानो चाबीलाई सोध्यो, ‘तिमीहरू यति साना छौ । तर पनि तिमीहरू जिद्दी तालालाई सजिलै खोलिदिन्छौ । जबकि म यति बलशाली हुँदा पनि त्यस्तो गर्न सक्दिनँ ?’

चाबीले हाँस्दै भन्यो, ‘खासमा तिमी ताला खोल्नका लागि बलको प्रयोग गर्छौ । यसले ताला खुलाउँदैन, फुटाउँछ । जबकि म तालालाई कुनै चोट पुर्‍याउँदिनँ । बरु म उसको भित्री मनमा गएर ऊसँग मेल गर्छु र उसको मनमा ठाउँ बनाउँछु । त्यसपछि खुल्न निवेदन गर्दा पनि ऊ खुसी खुसी खुल्छ ।’ हतौडा र चाबीको संवादमा मानवीय स्वभावको झल्को भेटिन्छ । हामीले अरूबाट काम गराउने हो भने उसको मनमा बस्न सक्नुपर्छ । कोहीबाट जबर्जस्ती काम त गराउन सकिन्छ, तर यसबाट उसको मनमा हामीप्रति कुनै सम्मान हुँदैन ।