मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २९ बिहीबार २०:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गैरनाफामूलक कम्पनीको रूपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २९ बिहीबार २०:०४:००

गैरनाफामूलक कम्पनीको रूपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गरिने भएको छ । गृह मन्त्रालयमा बसेको गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसहित दुई मन्त्रालयका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । 

केही यातायात कम्पनीले पुरानै यातायात समितिको सिन्डिकेटलाई निरन्तरता दिने गरी गैरनाफामूलक कम्पनी र एकल स्वामित्वमा रहने गरी यातायात कम्पनी खोलेको गुनासोपछि त्यस्ता कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय भएको हो । बैठकले सिन्डिकेट खारेजीको यसअघिको गृह मन्त्रालयको निर्णय कार्यान्वयनको अनुगमन बढाउने निर्णय पनि गरेको छ ।