मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ असोज २९ बिहीबार
  • Saturday, 13 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ असोज २९ बिहीबार o६:२३:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

‘मिसेस नेपाल’का लागि आवेदन खुला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ असोज २९ बिहीबार o६:२३:oo

‘मिसेस नेपाल २०२०’ को आवेदन खुला भएको छ । आयोजक इ–प्लानेटले बुधबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुला भएको जनाएको हो । कोरोना महामारीलाई ध्यानमा राखेर प्रतियोगितामा सहभागी हुन चाहनेले अनलाइन तथा अफलाइन दुवै माध्यमबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

प्रतियोगिताका लागि आवेदन प्राप्त व्यक्तिमध्ये पनि आन्तरिक छनोटमा परेका उत्कृष्ट प्रतियोगीलाई मात्र ‘मिसेस युनिभर्स २०१९’ अनिला श्रेष्ठलगायतले प्रशिक्षण दिनेछन् । २१ वर्षदेखि ५५ वर्ष उमेरका विवाहित नेपाली महिलाले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

गृहिणी जीवन बिताइरहेका महिलालाई सौन्दर्यताबाहेक सामाजिक क्रियाकलापदेखि आफ्नो व्यक्तित्व विकास गराउनेसम्म धेरै किसिमको काममा सक्रिय सहभागिता जनाउने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागेको आयोजक संस्था इ–प्लानेटका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिए ।

प्रतियोगिताको विजेताले सन् २०२१ मा हुने ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । यसअघि ‘मिसेस युनिभर्स’मा अनिला श्रेष्ठ, मनीषा डंगोल, पद्मिनी झा, रजनी थापा, मीना घिमिरेले नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।