१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ असोज २९ बिहीबार ०८:०१:००
Read Time : > 2 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

कोरोना कहरबीच भारतमा  सिनेमा हल सञ्चालनमा

Read Time : > 2 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ असोज २९ बिहीबार ०८:०१:००

एक सोमा ५० प्रतिशत मात्र दर्शक हुनुपर्ने, अनलाइनबाटै टिकट काट्ने व्यवस्था

कोरोना भाइरस महामारीका बीच बिहीबारदेखि भारतमा सिनेमा हल सञ्चालनमा आउने भएको छ । भारत सरकारले गत सेप्टेम्बरमै १५ अक्टोबरदेखि हल सञ्चालन गर्न अनुमति दिएको हो । सोही निर्णयअनुसार एउटा राज्यबाहेक भारतका सबै ठाउँमा हल सञ्चालनमा आउन लागेको भारतीय मिडियाहरूले जनाएका छन् । एक सोका लागि ५० प्रतिशत मात्र दर्शक हुनुपर्ने, अनलाइनबाटै टिकट काट्ने व्यवस्था गर्नुपर्ने सरकारले मापदण्ड बनाएको छ । कोरोना संक्रमण फैलिएसँगै भारतमा चैतदेखि सिनेमा हल बन्द गरिएको थियो ।

केन्द्र सरकारले हल खुलाउन अनुमति दिएसँगै मल्टिप्लेक्स र सिंगल थिएटरहरू प्रदर्शनका लागि तयार भएर बसेका छन् । तर, हल खुले पनि ओटिटीमा प्रदर्शन भएका फिल्म प्रदर्शन गर्न हल सञ्चालकले अस्वीकार गरिदिएका छन् । ओटिटीमा सबैभन्दा पहिला अमिताभ बच्चन र आयुषमान खुरानाको ‘गुलाबो सिताबो’ प्रदर्शन भएको थियो । यसपछि साना तथा ठूला बजेटका फिल्म निर्माताले सीधै ओटिटीमा प्रदर्शन गरेका थिए । अझै केही सिनेमा डिजिटल प्लेटफर्मममा प्रदर्शन हुने तयारीमा पनि छन् । हलहरू सञ्चालकहरू सुरुवातमा ‘शुभ मंगल सावधान’, ‘मलंग’, ‘केदारनाथ’, ‘थप्पड’, ‘तानाजी’ ‘वार’जस्ता सिनेमा पुनः प्रदर्शन गर्ने तयारीमा छन् । 

मल्टिप्लेक्स सञ्चालकहरूले आगामी तीन महिनामा प्रदर्शन हुने सिनेमाको सूची पनि प्रकाशित गरिसकेका छन् । नोभेम्बरमा ‘बन्टी और बबली २’, ‘इन्दुकी जवानी’, ‘छलांग’, ‘सन्दीप और पिंकी फरार’, ‘९९ संग्स्’, ‘मीमी’ र ‘टेनेट’, डिसेम्बरमा ‘८३’, ‘रुही अफजाना’, ‘डेथ अन द नाइल’, ‘वन्डर वुमेन’, ‘ड्युन’ तथा जनवरीमा ‘सूर्यवंशी’, ‘सरदार उधम सिंह’, ‘केजीएफ २’, ‘आधार’लगायत सिनेमा प्रदर्शन हुनेछन् ।  यस अवधिमा चर्चित अभिनेताका चलचित्र पुनः प्रदर्शन पनि हुनेछन् । ऋषि कपुर तथा इरफान खानका सिनेमा पुनः प्रदर्शन गर्ने तयारीमा हलहरू छन् । साथै, बंगाली, तमिल, तेलगु, मलायाली भाषाका सिनेमा पनि प्रदर्शन हुनेछन् । 

नोभेम्बरदेखि नयाँ फिल्मको अभाव नहुने वितरकहरूको अनुमान छ । अक्टोबरमा ‘वार’ र ‘तानाजी’ दिल्ली सर्किटमा प्र्रदर्शन हुनेछन् । ‘छिछोरे’लगायत आठ महिनाअघि प्रदर्शन भएका सिनेमा एकैदिनमा फरकफरक सोमा प्रदर्शन हुनेछन् । ‘लक्ष्मी बम्ब’, ‘कुली नम्बर वान’लगायत सिनेमा ओटिटीका साथै सिंगल थिएटरमा प्रदर्शन गर्नेबारे पनि छलफल भइरहेको भारतीय मिडियाले जनाएका छन् । तर, मल्टिप्लेक्स सञ्चालकहरू ओटिटीमा गएका सिनेमा प्रदर्शन नगर्ने अडानमा छन् । अक्षय कुमारको ‘लक्ष्मी बम्ब’ ९ नोभेम्बरमा डिज्नी प्लस हटस्टरमा प्रदर्शन हुँदै छ । 

ओटिटीमा रिलिज भएका सिनेमा हलमा नलाग्ने
लकडाउनको क्रममा ओटिटीमा प्रदर्शन भएका सिनेमा लगभग हलमा प्रदर्शन नहुने पक्काजस्तै भएको छ । ‘दिल बेचरा’, ‘सडक २’, ‘शकुन्तला देवी’, ‘खुदा हाफिज’, ‘गुन्जन सक्सेना द कारगिल गर्ल’, ‘गुलाबो सिताबो’लगायत फिल्म ओटिटीमा रिलिज भएका थिए । यी फिल्मका निर्माताले आफ्नो फिल्म ओटिटीमा प्र्रदर्शन गर्ने निर्णय लिएपछि हल सञ्चालकहरूले विज्ञप्ति जारी गरेर विरोध गरेका थिए । उनीहरूले केही निर्माताले ओटिटीमा आफ्ना फिल्म प्रदर्शन गर्ने निर्णयले आफूहरू निराश भएको अभिव्यक्ति दिएका थिए । निर्माताको ओटिटीमा जाने निर्णयमाथि आफूहरूले हल खुल्नासाथ प्रदर्शन गरिदिने वचन पनि दिएका थिए । तर, निर्माताहरूले हल सञ्चालकको कुरा सुनेनन् । 

नेपालमा कहिले खुल्ला ? 
कोरोनाका कारण लकडाउन नभएको भए ‘प्रेमगीत ३’, ‘म यस्तो गीत गाउँछु २’, ‘चपली हाइट ३’ जस्ता चलचित्र प्रदर्शन भइसकेका हुन्थे । निर्माताहरूले आफूले पाउनुपर्ने हिसाब पनि लिइसकेका हुन्थे । तर, यी चलचित्र यतिकै थन्किएर बसेका छन् । कहिले र कसरी प्रदर्शन हुने हो, निर्माता, हल सञ्चालक, वितरक अन्योलमा छन् । यस वर्षको दसैँलाई केन्द्रमा राखेर कलाकार तथा निर्माता दीपकराज गिरीको ‘छक्का पन्जा ४’, झरना थापाले निर्देशन गर्ने ‘ए मेरो हजुर ४’, नारायण रायमाझीको निर्देशनमा बन्ने ‘परदेशी २’ र ‘प्रेमपूजा’ प्रदर्शन हुने बताइएको थियो । तर, कोरोनाका कारण चलचित्रहरू छायांकनमै जान सकेनन् । 

केही साताअघि चलचित्र विकास बोर्ड, चलचित्र संघ र निर्माता संघले हल सञ्चालन, छायांकनको वातावरण मिलाइदिन नोबल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई प्रस्ताव बुझाएको थियो । तर, सिसिएमसीको निर्णय अहिलेसम्म आएको छैन । यस हिसाबले अब दसैँअघि नै नेपालमा हलहरू खुल्ने सम्भावना न्यून देखिएको छ । विकास बोर्डले भने सिनेमा रिलिज गरेमा सहुलियतको व्यवस्था गरिदिने बताइसकेको छ ।