मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ असोज २६ सोमबार १३:३६:००
Read Time : > 1 मिनेट
सप्तरंग

यी हुन् धर्मको कारण बलिउड छाड्ने कलाकार

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ असोज २६ सोमबार १३:३६:००

बलिउड अभिनेत्री सना खानले केही समयअघि सामाजिक सञ्जालमा धर्मको कारण आफूले चलचित्र उद्योग छाडेको बताएकी थिइन् । उनको यो निर्णयले सिंगो बलिउडमा तरंग पैदा गरेको थियो । खानले बिग बोससहित केही बलिउड फिल्ममा अभिनय गरिसकेकी छिन् । अचानक बलिउड छाड्ने उनको निर्णयले बलिउडलाई हल्लाइदियो । तर, खान धर्मको नाममा बलिउड छाड्ने एक्ली अभिनेत्री भने होइनन् । 

भलै अभिनेता विनोद खन्ना बितिसके । तर, उनी बलिउडका सानदार कलाकारमध्ये एक थिए । जतिवेला खन्ना करिअरको उच्चम बिन्दुमा थिए, त्यसबखत उनको जीवनमा ओशो आयो । यसपछि खन्नाले ओशोबाट दीक्षित भए र ओशोको बगैँचामा मालीको काम गर्न तयार भए । यस क्रममा लामो समयसम्म खन्ना फिल्मी दुनियाँबाट टाढा थिए, तर पछि फेरि फिल्ममा कमब्याक गरे । 

यस्तै, अभिनेतृ अनु अग्रवालको जीवन पनि करिबकरिब यस्तै सिद्धान्तबाट प्रभावित बनेको छ । उनले सुपरहिट फिल्म ‘आशीकी’मा काम गरेकी थिइन् । एक दिन अचानक अग्रवाल दुर्घटनामा परिन् । जसका कारण २९ दिनसम्म कोमामा रहिन् । पछि होस आएपछि उनले बलिउड छाडिन् र अध्यात्मतिर लागिन् । अहिले उनी योगा गर्छिन् भने आध्यात्मिक जिन्दगी बाँचिरहेकी छिन् । 

अभिनेत्री बरखा मदान मिस इन्डिया १९९४ की प्रतिस्पर्धी हुन् । त्यसपछि उनले बलिउडका केही हिट फिल्ममा काम पनि गरिन् । तर, सन् २०१२ मा उनले एकाएक फिल्मी दुनियाँ छाड्ने निर्णय लिइन र बौद्ध धर्म अपनाएर त्यतैतिर व्यस्त हुन थालिन् । 

जायरा वासिमलाई बलिउडले ठूलो अपेक्षाका साथ हेरेका थिए । छोटो समयमा सफलताको शिखर पनि चुमिन् । ‘दंगल’, ‘सेक्रेट सुपरस्टार’ र ‘द स्काई इज पिंक’जस्ता फिल्ममा काम गरिन् । तर, गत वर्ष वासिमले सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै धर्मको कारण उद्योग छाड्ने घोषणा गरिन् ।