मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असोज २६ सोमबार १२:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना फैलिन नदिन दसैँमा पिङ खेल्न रोक

Read Time : < 1 मिनेट
२०७७ असोज २६ सोमबार १२:१४:००

कोरोना संक्रमण फैलन सक्ने भन्दै ओखलढुंगाको सुनकोसी गाउँपालिकाले यस वर्ष दसैँमा पिङ खेल्न प्रतिबन्ध लगाएको छ । 

पिङमा भिडभाड हुने भएकाले महामारी फैलन सक्ने सम्भावना रोक्न जमघट हुने कार्यक्रम गर्न नदिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए । शुभकामना आदानप्रदान, खेलकुद, मनोरञ्जनलगायतका सार्वजनिक कार्यक्रमसमेत बन्देज गरिने उनले जानकारी दिए । 

‘स्वस्थ रहे अर्को वर्ष धुमधाम पर्व मनाउन पाइन्छ भन्ने सन्देशसहित हामीले पिङमा प्रतिबन्धसँगै मनोरञ्जनका लागि आयोजना गरिने कार्यक्रममा पनि रोक लगाएका छौँ,’ अध्यक्ष अधिकारीले भने, ‘यहाँ अहिले समुदायस्तरमा संक्रमण छैन । दसैँमा बाहिरबाट आउने पनि हुन्छन्, भिडभाड हुँदा समस्या आउन सक्ने भएकाले कार्यापालिका बैठकले निर्णय गरेर सबै वडामा सर्कुलर पठाइसकेको छ ।’ 

पर्व मनाउन सहरबाट गाउँ फर्किनेहरूका कारण कोरोनाको संक्रमण फैलन सक्ने भएकाले अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्न गाउँपालिकाले सबैमा अपिल गरेको छ ।