मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ असोज २१ बुधबार १३:१६:००
Read Time : < 1 मिनेट
सप्तरंग

बम्बे हाइकोर्टले बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई धरौटीमा छाड्यो

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ असोज २१ बुधबार १३:१६:००

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणमा जोडिएकी नायिका रिया चक्रवर्तीलाई बम्मे हाइकोर्टले धरौटीमा छाड्न आदेश दिएको छ । उनलाई प्रहरीले लागुऔषध प्रयोग र कारोबारसँग सम्बन्धित भएको आरोपमा पक्राउ गरेको थियो । उनलाई अदालतले बुधबार रिहा गरेको हो । उनीसँगै प्रहरी हिरासतमा रहेका भाइ शौविकलाई पनि धरौटीमा छाड्न दर्ता भएको निवेदन अदालतले खारेज गरिदिएको छ । 

यसैबीच लागुऔषध कारोबार र प्रयोग आरोपमा पक्राउ परेका स्यामुल मिरान्डा र दीपेश सावन्तलाई पनि अदालतले धरौटीमा रिहा गरिदिएको छ भने अब्दुल बासितको निवेदन भने खारेज गरिदिएको छ । उनीहरू सबैलाई अघिल्लो महिना नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले लागुऔषधसम्बन्धी विषयमा जाँचबुझ गर्न नियन्त्रणमा लिएको थियो । 

एनसिबीले अदालतमा पेस गरेको जाहेरीमा रिया चक्रवर्ती र उनको भाइ शौविक लागुऔषध कारोबारीसँग सम्बन्धित सक्रिय समूहमा आबद्ध रहेको दाबी गरेको थियो । ३४ वर्षीय अभिनेता सुशान्तको शव गत १४ जुनमा मुम्बईको बान्द्रास्थित उनकै घरमा फेला परेको थियो । रिया सुशान्तको प्रेमिका भएको एजेन्सीहरूले दाबी गर्दै आएका छन् ।