१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o९:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

आफैँ बस्ने कुर्सी भाँच्ने प्रतिपक्ष कांग्रेसका सांसद वसिउद्दीन खाँ भन्छन्– एक्सनको रिएक्सन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:o३:oo

संसद्मा तपाईंहरू तोडफोडमा उत्रिनुभयो । यसलाई संसदीय मूल्य–मान्यताविपरीत भन्दै व्यापक आलोचना भएको छ, तपाईंलाई गल्ती गरिएछ भन्ने लागेन ?

संसद् बैठक हेर्नुभयो कि भएन ? आन्तरिक मामिला तथा कानुनमन्त्रीले सांसदहरूलाई घिसारेर बाहिर लैजाऊ भन्नुभयो । मन्त्रीज्यूको व्यवहारले उत्तेजित बनाउने काम भयो । अर्कोतर्फ सभामुख सबैको साझा हो । उहाँले पक्ष तथा प्रतिपक्ष नभनी सबैका कुरा सुन्नुपर्छ ।

तर, त्यसो गर्नुभएन, एकोहोरो गर्नुभयो । मन्त्रीज्यू र सभामुखको व्यवहार अर्थात् एक्सनको रिएक्सन भयो । अर्कोतर्फ निषेधाज्ञा लगाएर दमन गर्ने काम पनि भयो, यसले दुःखद घटना भयो, यसमा आत्मालोचना गर्न र क्षतिपूर्ति तिर्न तयार छु ।

तर, राजधानीका विषयमा समिति गठनदेखि यससम्बन्धी काम गर्ने क्रममा करोडौँ खर्च भएको छ । त्यति धेरै खर्च गरेको समितिले बनाएको प्रतिवेदन सदनमा प्रस्तुत गरिएन । त्यो सदनमा आउनुपर्छ कि पर्दैन ? त्यति धेरै खर्चको भर्पाई कसले गरिदिने ?

होइन, मन्त्रीज्यूले उत्तेजित पार्नुभयो भन्नुहुन्छ, तर तपाईंहरू मन्त्रीज्यू बोल्नुभन्दा अगाडि नै तोडफोडमा उत्रिनुभयो नि ?

त्यसो होइन । मन्त्रीज्यू सुरुमा रोस्ट्रममा जान लाग्दा हामीले अवरोध गर्न खोज्दा उहाँले त्यहाँ पनि दुई–चार शब्द त्यस्तै कुरा गर्नुभयो जसबाट हामीलाई उत्तेजित पार्ने काम भयो । सभामुखबाट पनि राम्रो व्यवहार नभएकाले दुर्घटना भयो । मन्त्रीज्यूको भनाइको घोर भत्र्सना गर्छौँ ।

होइन, कांग्रेसले आफ्नै नेता बिपीको आदर्शलाई भुल्यो भन्ने मन्त्रीज्यूले समेत भन्नुभयो र बाहिर पनि बिपीको आदर्शविपरीत काम गर्नुभयो भन्ने छ नि ?

बिपीको आदर्शबाट हामी विचलित छैनौँ । तर, आज मन्त्रीज्यूको र सभामुखज्यूको व्यवहारका कारण नै दुःखद घटना भएको हो । सभामुखज्यूले त सत्ता पक्षकै सांसदहरूलाई बोल्ने समय दिनुभएन । प्रतिपक्ष सांसदसँगको व्यवहार त देखिहाल्नुभयो नि !

पार्टीले कारबाही गर्‍यो भने कसरी लिनुहुन्छ ?

पार्टीले गर्ने निर्णय स्वीकार्य छ । 

ad
ad