१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
संजित परियार काठमाडौं
२०७७ असोज १५ बिहीबार १३:१५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा राखियो गजुर (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७७ असोज १५ बिहीबार १३:१५:००

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आज (बिहीबार) गजुर प्रतिष्ठापन गरिएको छ ।

०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेपछि बिहीबार सुनको लेपन भएको गजुर राखिएको छ । 

यसअघि गुम्बज शैलीमा निर्माण गरिएको बालगोपालेश्वरको मन्दिर विज्ञहरूको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ । 

वि.सं. १८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो । तर, यसपटक फेरि पुरानै शैलीमा पुनर्निर्माण गरिएको हो ।

मन्दिरको शिरमा रहेको गजुरको कुल उचाइ ६ फुट १० इन्च रहेको छ । 
ताम्रपत्रमा सुनको लेपन लगाएर गजुरको निर्माण गरिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद आर्यालले मन्दिरमा राखिएका सबै गजुरमा करिब २८ तोला सुनको जलप लगाइएको जानकारी दिए । 

मन्दिरको गजुर एक सय २३ दशमलव ७५ किलोग्राम ताम्रपत्र प्रयोग गरिर निर्माण गरिएको छ । मुख्य गजुरमा मात्रै २५.७३ तोला सुनको प्रयोग भएको छ । गजुर निर्माणमा करिब ३३ लाख रुपैयाँ खर्च भएको उनले बताए ।