१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काडमाडौं
२०७७ असोज १३ मंगलबार १६:१९:००
Read Time : < 1 मिनेट
सप्तरंग

पद्मश्री पुरस्कार र सम्मान यस वर्ष नदिने निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काडमाडौं
२०७७ असोज १३ मंगलबार १६:१९:००

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ०७६ सालको पद्मश्री पुरस्कार तथा सम्मान यो वर्ष कसैलाई नदिइने भएको छ । पुरस्कारका लागि चयन भएका व्यक्तिमाथि विवाद उत्पन्न भएपछि प्रतिष्ठानले यस वर्ष पुरस्कार नदिने निर्णय गरेको हो । 

प्रतिष्ठानले लेखक सञ्जीव उप्रेतीलाई उपन्यास ‘हंश’का लागि र मोदनाथ प्रश्रितलाई पद्मश्री सम्मान दिने निर्णय गरेको थियो । तर, उप्रेतीले यौन हिंसा लागेको व्यक्तिसँगसँगै एउटै मञ्चमा रहेर पुरस्कार नलिने बताएपछि विवाद सिर्जना भएको थियो । लेखक तथा राजनीतिज्ञ प्रश्रितलाई शारदा भुसालले पुस्तक लेखेर नै यौन शोषणको आरोप लगाएकी थिइन् । 

विवाद बढ्दै गएपछि लेखक उप्रेतीले पुरस्कारै नलिने घोषणा गरेका थिए । पछि प्रश्रितले पनि विज्ञप्ति जारी गर्दै सम्मान नलिने घोषणा गरेका थिए । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले पनि विज्ञप्ति जारी गर्दै यस वर्ष घोषणा गरिएको पद्मश्री सम्मान र पुरस्कार रद्द गरिएको बताए । सम्मानित व्यतित्वलाई लिएर विवाद उत्पन्न भएपछि पुरस्कार रद्द गरिएको विज्ञप्तिमा उल्लेख छ । साथै सम्मानित सष्टाहरूको व्यक्तित्वमा आँच आएकोमा प्रतिष्ठान दुःखित भएको पनि उल्लेख गरिएको छ । 

पुरस्कार र सम्मानको राशि तीन–तीन लाख छ ।  ०६३ सालदेखि वर्षभरि प्रकाशित एक एक उत्कृष्ट पुस्तकलाई पुरस्कार दिइँदै आइएको थियो भने ०६७ सालबाट कला, साहित्य, संगीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई सम्मान गरिँदै आइएको छ ।