माइक्रोले ठक्कर दिँदा कांग्रेस सांसद रसाइली घाइते

सोमबार, १२ असोज, २०७७
डिजिटल संस्करण

नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीलाई माइक्रोले ठक्कर दिएको छ। सीतापाइलाबाट अनामनगर आउँद‌ै गर्दा उनलाई माइक्रोले ठक्कर दिएको हो।

रसाइलीको कुम र खुट्टामा चोट लागेको नेविसंघको निवर्तमान केन्द्रीय सदस्य पवन नेपालीले जानकारी दिए।

नेपालीले भने, ‘डाक्टरले अवस्था सामान्य नै छ भन्नुभएको छ। उहाँको कुम  र खुट्टा सडकमा दरालिएर चोट लागेको छ।’ रसाइली अहिले नर्भिक अस्पतालमा उपचाररत छन्।

सुझावित समाचार