मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ असोज ९ शुक्रबार
  • Sunday, 13 July, 2025
एजेन्सी नयाँदिल्ली
२o७७ असोज ९ शुक्रबार १५:४५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा एकैदिन ११ सय ४१ संक्रमितको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी नयाँदिल्ली
नयाँ पत्रिका नयाँदिल्ली
२o७७ असोज ९ शुक्रबार १५:४५:oo

भारतमा कोराेना भाइरस संक्रमणबाट एकैदिन एक हजार एक सय ४१ जनाको मृत्यु भएको छ । 

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा ८६ हजार ५२ जना नयाँ संक्रमित थपिएका छन् । 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांकअनुसार भारतमा अहिलेसम्म ५८ लाख १८ हजार पाँच सय ७१ जना संक्रमित भएका छन्। 

कुल संक्रमितमध्ये अहिले नौ लाख ७० हजार एक सय १६ जना सक्रिय संक्रमणको अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका अनुसार संक्रमित भएकामध्ये ४७ लाख ५६ हजार एक सय ६५ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोनाबाट ९२ हजार दुई ९० जनाको  मृत्यु भएको छ । 

भारतमा अहिलेसम्म ६ करोड ८९ लाख २८ हजार चार सय ४० जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।