मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ असोज ९ शुक्रबार १५:४५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

प्रख्यात भारतीय गायक एसपी बालासुब्रमन्यमको निधन

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ असोज ९ शुक्रबार १५:४५:००

प्रख्यात भारतीय गायक एसपी बालासुब्रमन्यमको ७४ वर्षको उमेरमा निधन भएको छ । 

उनले बलिउड चलचित्र उद्योगमा अत्यन्त लोकप्रिय गीतहरू गाएका छन् । 

साथै उनी गिनिज वर्ल्ड रेकर्डधारी गायकसमेत हुन् । उनले ५० वर्षको अवधिमा ४० हजार गीत गाएर यो रेकर्ड राखेका थिए । 

खासगरी बलिउड चलचित्रहरूमा रोमान्टिक गीतहरू गाउन उनी प्रख्यात थिए । साथै उनले विभिन्न १६ भाषामा गीत गाएको बिबिसीले उल्लेख गरेको छ । 

उनको निधन भएको खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा श्रद्धाञ्जलीको बाढी नै आएको बिबिसीले जनाएको छ ।

अगस्ट महिनामा कोरोना पोजेटिभ देखिएपछि उनी दक्षिणी सहर हैदराबादको एक अस्पतालमा भर्ना भएका थिए । 

सेप्टेम्बरमा उनमा कोरोना निको भए पनि निरन्तर रूपमा लाइफ सपाेर्ट प्रणालीबाट उपचार हुँदै आएको थियो । अस्पतालले उनको निधन श्वासप्रश्वास र मुटुको समस्या याने कि ‘कार्डियो रेस्पिरेटरी एरेष्ट’बाट भएको जनाएको छ ।

सुरुमा उनले तमिल र तेलगु चलचित्रबाट गायन यात्रा थालेका थिए । पछि उनी बलिउड चलचित्र उद्योगमा प्रवेश गरेर ख्याति कमाउन सफल भएका थिए ।