Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ मङ्सिर २० शनिबार
  • Saturday, 05 December, 2020
ad
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ७ बुधबार १७:२०:००
समाचार डिजिटल संस्करण

कालोबजारी गर्नेबाट जफत गरिएको प्याज प्रतिकिलो ६० रुपैयाँमा बिक्री गरिँदै

नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ७ बुधबार १७:२०:००

सरकारले कालोबजारी गर्ने व्यापारीहरूबाट जफत गरेको प्याज बिहीबारदेखि बिक्री–वितरण गर्ने भएको छ । सरकारले कालोबजारी गरेको आरोपसहित उपत्यकाको विभिन्न स्थानका व्यापारीबाट जफत गरेको करिब १२ हजार केजी प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिहीबारदेखि बिक्री–वितरण गर्ने भएको हो । 

मंगलबार काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा वाणिज्य तथा आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र व्यवसायीसहित बसेको बैठकले बुधबारबाट बिक्री गर्ने निर्णय गरेको थियो । तर, तयारी नपुगेको भन्दै कम्पनीले बिहीबारदेखि मात्रै बिक्री गर्न लागिएको बताएको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका योजना विभागका विभागीय प्रमुख शर्मिला सुवेदीले मंगलबार मात्रै निर्णय भएकाले उक्त प्याजलाई गोदामसम्म ल्याउन र बिक्रीको प्रबन्ध मिलाउन तयारी नपुगेको कारण बिहीबारबाट बिक्री–वितरणको काम सुरु हुने बताइन् । उक्त प्याज ढुवानी लागत र प्याकेजिङसहित प्रतिकेजी ६० रुपैयाँको दरले उपभोक्तालाई बिक्री गर्न लागिएको उनले बताइन् । 

गत सातादेखि भारतले प्याज निर्यातमा रोक लगाएपछि व्यवसायीले कृत्रिम अभाव गराएर कालोबजारी गरेका थिए । बजारमा प्याजको भाउ अत्यधिक बढेपछि सरकारले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा अनुगमन गरेको थियो । त्यस क्रममा कलोबजारी गरेको भन्दै कालिमाटी र बल्खुमा रहेका दुईवटा पसल सिल गरिएको थियो । सोही पसलको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली गोदामबाट बिक्री गर्न लागिएको हो । प्याजमा कालोबजारी गर्ने व्यवसायीलाई वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले कारबाही गरिसकेको छ ।