मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ असोज ५ सोमबार
  • Sunday, 13 July, 2025
२o७७ असोज ५ सोमबार १६:३७:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

थप १६ जना काेराेना संक्रमितको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज ५ सोमबार १६:३७:oo

२४ घन्टाभित्र १६ जना कोरोना संक्रमितको निधन भएको छ ।

योसमेत संक्रमणबाट देशभर हालसम्म मृत्यु हुनेको संख्या चार सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा १३ जना पुरुष र तीनजना महिला छन् । 

काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, मकवानपुर जिल्लामा दुई–दुईजनाको मृत्यु भएको छ ।

त्यसैगरी झापा, सुनसरी, पर्सा, चितवन, रुपन्देही र दोलखामा एक–एकजनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।