Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ कार्तिक १२ बुधबार
  • Wednesday, 28 October, 2020
ad
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज ४ आइतबार १६:४२:००
कोरोना अपडेट डिजिटल संस्करण

संक्रमित थप १० जनाको निधन

नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज ४ आइतबार १६:४२:००

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १० जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ जना महिला र चारजना पुरुषको मृत्यु भएको हो । 

काठमाडौंका एक पुरुष र तीन महिला, भक्तपुर र ललितपुरका एक–एक महिला गरी उपत्यकाका ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

धनुषा, चितवन, रुपन्देहीका एक–एक पुरुष र पाल्पाकी एक महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

याेसमेत देशभर हालसम्म काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या चार सय ११ पुगेकाे छ ।