१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज ४ आइतबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ असोज ४ आइतबार ११:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा सचिवालय बैठक पेरिसडाँडामा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ असोज ४ आइतबार ११:३५:oo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार साढे ११ बजे पेरिसडाँडामा सुरु भएकाे छ । शुक्रबार तय भएकाे बैठक स्थगित गरी आज सारिएको थियो।

पछिल्लो स्थायी कमिटी बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी सञ्चालनको कार्यकारी अधिकार दिने निर्णय गरेलगत्तै तत्कालीन माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडामा नेकपा बैठक बोलाइनुलाई अर्थपूर्ण मानिएको छ ।यसअघि अधिकांश बैठक बालुवाटार र पार्टी मुख्यालय धुम्बाराहीमा डाक्ने गरिएको थियो।

पेरिसडाँडा हाल नेकपाकाे जनसंगठनहरूकाे कार्यालय हाे । यहाँ पहिलाेपटक बैठक बस्न लागेकाे हाे । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी भएका छन्। 

आजको सचिवालय बैठकमा स्थायी कमिटीकाे २६ भदाैकाे बैठकले पारित गरेका प्रस्ताव कार्यान्वयन, पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, रिक्त रहेका संवैधानिक अंगमा नियुक्तिको प्रक्रिया अघि बढाउने विषयमा छलफल हुने सचिवालय स्रोतले जनाएको छ। स्रोतका अनुसार बैठकमा मन्त्रिमण्डल पुनर्गठनबारे पनि छलफल हुनेछ।  

तस्बिर : प्रचण्ड सचिवालय