मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २ शुक्रबार १२:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संविधानको मर्मविपरीत सत्तारुढ दल नेकपा चलेको सिंहको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २ शुक्रबार १२:१५:००

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ दल नेकपा संविधानको मर्मविपरीत केन्द्रीकृत प्रणालीमा अगाडि बढिरहेको आरोप लगाएका छन् । 

गणेशमान सिंहको स्मृति दिवसमा आयोजित कार्यक्रमका अवसरमा बोल्दै नेता सिंहले दुईतिहाइ बहुमत भएको पार्टी केन्द्रीकृत प्रणालीलाई स्थापित गर्न अगाडि बढिरहेको आरोप लगाएका हुन् । 

संविधान कार्यान्वयनको चरणमा भए पनि सरकारको रवैया केन्द्रीकृत प्रणालीमा जाने गरी अगाडि बढिरहेको उनको भनाइ थियो । 

संविधान दिवसकाे पूर्वसन्ध्यामा नेता सिंहले देश संघीय संरचनामा गएर अहिले स्थानीय र प्रदेश सरकारहरू भए पनि उनीहरूलाई काम गर्न सत्तारुढ दलले बाधा पुऱ्याइरहेको बताए । 

जनता कोरोना महामारीको चपेटामा रहे पनि सरकारले उनीहरूलाई सुरक्षित महसुस गराउन नसकेको उनले बताए । 

महामारीका वेला गर्नुपर्ने न्यूनतम कामसमेत सरकारले गर्न नसकेको उल्लेख गर्दै उनले औषधि उपकरण खरिदमा समेत घोटाला गरेकोमा जनताको चित्तदुखाइ रहेको बताए । 

२०४६ को जनआन्दोलनका कमान्डर गणेशमान सिंहको २३औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । 

वि.सं. १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मेका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको थियो । 

गणेशमान सिंहले सुरुमा १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।