१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ ३० मंगलबार १६:४१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

संक्रमित थप ११ जनाको निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ ३० मंगलबार १६:४१:००

२४ घन्टाभित्र देशभर थप ११ जना कोरोना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात पुरुष र चार महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंमा एक महिला र तीन पुरुष, बाराका एक महिला र एक पुरुष, सिराहा र रुपन्देहीमा एक–एक महिला, सर्लाही, मकवानपुर र कपिलवस्तुमा एक–एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसमेत देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय ७१ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।