१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ ३० मंगलबार १५:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभामुख र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ ३० मंगलबार १५:५१:००

नेपालका लागि पाकिस्तानी राजदूत मजार जावेदले संघीय संसद्का सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् । 

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका जावेदले सभामुखको कार्यकक्षमै गएर सभामुख सापकोटासँग शिष्टाचार भेट गरेका हुन् । भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोगका विषयमा कुराकानी भएको थियो । 

भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै स्वास्थ्य र शिक्षा क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे । 

राजदूत जावेदले दुई देशको सम्बन्ध सौहार्दपूर्ण रहेको बताउँदै नेपालसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । 

 दुई देशबीचका संसद्को सहकार्य बढाउँदै संसदीय मैत्री समूहमार्फत गतिविधि बढाउनुपर्ने उनले बताए । राजदूत जावेदले गृहमन्त्री रामबहादुर थापा बादल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका व्यक्तित्वसँग पनि बिदाइ भेट गरेका छन् ।