१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस
२०७७ भदौ २९ सोमबार १४:४१:००
Read Time : > 2 मिनेट
विश्व

कोभिड– १९ बाट  विश्वमा नौ लाख २८ हजारभन्दा बढीको मृत्यु, सबैभन्दा धेरै क्षति व्यहोर्ने यी हुन् १० राष्ट्र

Read Time : > 2 मिनेट
रासस
२०७७ भदौ २९ सोमबार १४:४१:००

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सोमबारसम्ममा कोरोना भाइरस संक्रमणबाट विश्वभर नौ लाख २८ हजार तीन सय ४० जनाको मृत्यु भएको जानकारी दिएको छ । यस्तै, संगठनका अनुसार विश्वमा संक्रमितको संख्या दुई करोड ९१ लाख ८९ हजार ६ सय ५५ जना पुगेको छ भने दुई करोड १० लाख ३१ हजार सात सय ६८ व्यक्ति कोरोनामुक्त भएका छन् ।

हाल विश्वमा ७२ लाख २९ हजार सात सय ४७ संक्रमितको उपचार भइरहेको पनि संगठनले जानकारी दिएको छ । संक्रमितहरूमध्ये ६० हजार पाँच सय ११ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिका
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्ष डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।   
कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश देशको डब्ल्युएचओद्वारा प्रकाशित तथ्यांक यस्तो छ । 

अमेरिका : अमेरिकामा ६७ लाख आठ हजार चार सय ५८ जना कोरोना संक्रमित रहेका छन् । यहाँ ३९ लाख ७४ हजार  नौ सय ४९ जना कोरोनाबाट मुक्त भएका छन् भने एक लाख ९८ हजार पाँच सय २० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

भारत :  भारतमा ४८ लाख ४६ हजार चार सय २७ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ  ३७ लाख ८० हजार एक सय सातजना कोरोनामुक्त भएका छन् भने ७९ हजार सात सय ५४ जनाको मृत्यु भएको छ । 

ब्राजिल : ब्राजिलमा ४३ लाख ३० हजार चार सय ५५ जना कोरोना  संक्रमित रहेका छन् । यहाँ ३५ लाख ७३ हजार नौ सय ५८ जना कोरोनामुक्त भएका छन् भने एक लाख ३१ हजार ६ सय ६३ जनाको मृत्यु भएको छ ।  

रुस : रुस १० लाख ६२ हजार आठ सय ११ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ  आठ लाख ७६ हजार दुई सय ५५ जना कोरोना भाइरसमुक्त भएका छन् भने १८ हजार पाँच सय ७८ जनाको मृत्यु भएको छ । 

पेरू : पेरूमा सात लाख  २९ हजार ६ सय १९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ पाँच लाख  ६६ हजार सात सय ९६ जना कोरोनामुक्त भएका छन् भने ३० हजार सात सय १० जनाको मृत्यु भएको छ ।

कोलम्बिया : कोलम्बिया सात लाख १६ हजार तीन सय १९ जनामा कोरोना संक्रमण दखिएको छ । यहाँ पाँच लाख  ९९ हजार  तीन सय ८५ कोरोनामुक्त भएका छन् भने २२ हजार नौ सय २४ जनाको मृत्यु भएको छ ।

मेक्सिको : मेक्सिकोमा ६ लाख ६८ हजार तीन सय ८१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ चार लाख  ७१ हजार ६ सय २३ जना कोरोनामुक्त भएका छन् भने ७० हजार आठ सय  २१ जनाको मृत्यु भएको छ । 

दक्षिण अफ्रिका : दक्षिण अफ्रिकामा ६ लाख  ४९ हजार सात सय ९३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ पाँच लाख ७७ हजार नौ सय ६ जना कोरोनामुक्त भएका छन् भने १५ हजार चार सय ४७ जनाको मृत्यु भएको छ । 

स्पेन : स्पेनमा सात लाख  ७६ हजार ६ सय ९७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार सात सय ४७ जनाको मृत्यु भएको छ ।
 
अर्जेन्टिना : अर्जेन्टिनामा पाँच लाख ५५ हजार पाँच सय ३७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ चार लाख १९ हजार पाँच सय १३ जना कोरोनामुक्त भएका छन् भने ११ हजार तीन सय ५२ जनाको मृत्यु भएको छ ।