१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ भदौ २५ बिहीबार
  • Wednesday, 02 July, 2025
नवीन गुरुङ संखुवासभा
२o७७ भदौ २५ बिहीबार १७:५५:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

मोटरसाइकल दुर्घटनामा घाइते भएका मेयर राईलाई थप उपचारका लागि काठमाडौं लगियो 

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o७७ भदौ २५ बिहीबार १७:५५:oo

मोटरसाइकल दुर्घटनामा घाइते भएका पाँचखपन नगरपालिकाका मेयर विपिन राईलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ । उनलाई बिहीबार कैलाश एयरको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो । 

पाँचखपन नगरपालिकाको कार्यालय वानाबाट बुधबार बेलुकी खाँदबारीस्थित घर फर्किने क्रममा उनी मोटरसाइकल दुर्घटनामा परेका थिए । दुर्घटनापछि उनी जिल्ला अस्पताल खाँदबारीमा भर्ना भएका थिए । बायाँ हात भाँचिएको र शरीरको भित्री अंगमा पनि असर परेको चिकित्सकले बताएपछि थप उपचारका लागि उनी काठमाडौं गएका हुन् ।

लकडाउनको कारण बजार, पसल र यातायातसमेत बन्द रहेको कारण हेलिकोप्टर मगाएर उपचारका लागि काठमाडौं जानुपरेको मेयर राईले बताए ।