मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ २२ सोमबार १२:०१:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

जमैका हारेको खेलमा सन्दीपको किफायती बलिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ २२ सोमबार १२:०१:००

ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत आइतबार राति भएको खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेले किफायती बलिङ गरे । सेन्ट लुसिया जोउक्ससितको खेलमा उनले उत्कृष्ट खेल प्रदर्शन गर्दै एक विकेट लिए । यद्यपि समूह चरणको अन्तिम खेलमा सन्दीपआबद्ध जमैका तलावाज भने सेन्ट लुसियासित ११ रनले पराजित भएको छ ।  

टस जितेर पहिला ब्याटिङ गरेको सेन्ट लुसियाले ६ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो । एक सय ४६ रनको लक्ष्य पछ्याएको जमैकाले भने नाै विकेट गुमाएर एक सय ३४ रन मात्र बनाउन सक्यो । जमैकाका लागि प्रारम्भिक ब्याट्सम्यान ग्लेन फिलिप्सले ४९ रन बनाए पनि अरूको खेल प्रदर्शन निराशाजनक रह्यो ।

जेमेन ब्ल्याकवुडले २५ तथा निकोलास किटोनले पनि २५ रनको योगदान दिए ।  यस्तै चाडविक वाल्टनले १० रन जोडे ।  बलिङतर्फ जाहिर खान र जेवलिन ग्लेनले तीन–तीन तथा केसरिक विलियम्सले एक विकेट लिए ।  

यसअघि प्रारम्भमा ब्याटिङ गर्न पुगेको सेन्ट लुसियाका लागि नजिबुल्लाह जादरानले ३५, रहकेस कार्नवालले ३२, रोस्टोन चेसले ३२ तथा मार्क दयालले १३ रन बनाए ।  

बलिङतर्फ जमैकाका लागि सन्दीप लामिछानेले रखिम कर्नवेलको विकेट लिएका हुन् ।  सन्दीपले सो खेलमा चार ओभर बलिङ गर्दै एक मेडन राखेर मात्र २० रन खर्चिए । सन्दीपले हालसम्म १० खेलमा १२ विकेट लिएका छन् ।

यस्तै जमैकाका लागि सेन्ट लुसियासितको खेलमा मुजिव उर रहमानले दुई, फिडेल इडवार्ड, भिरासम्मी प्रेमउल, कार्लोस ब्रेथवाइटले एक–एक विकेट लिए  ।  जमैकाले अब सेमिफाइनल खेल मंगलबार  ट्रिबागो नाइट राइडर्ससित खेल्नेछ । रासस