१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
एजेन्सी
२o८१ बैशाख १९ बुधबार o८:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

दुई वर्षअघि बोलेको विषयले ट्रम्प फेरि विवादमा

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:३५:oo

अमेरिकामा राष्ट्रपतीय चुनाव आउन दुई महिना मात्र बाँकी छ । तर, चुनाव आउनुअघि राष्ट्रपति डोनाल्ड ट्रम्प विवादमा परेका छन् । यसपटक सैनिकमाथिको टिप्पणीका कारण उनी विवादमा तानिएका हुन् । 

एटलान्टिक पत्रिकाका अनुसार ट्रम्पले लडाइँमा ज्यान गुमाएका सैनिकलाई ‘हरुवा’को संज्ञा दिएका छन् । यही शब्दका कारण ट्रम्पको अमेरिकी सेना र बाहिर विरोध भएको हो । ट्रम्पलाई सिंगो सैनिकको मनोबलमाथि खेलबाड गरेको आरोप छ। 

ट्रम्प उनै व्यक्ति हुन्, जो बारम्बार आफू कुनै समय सैनिक च्याम्पियन भएको बताउने गर्थे । सैनिक संसारकै बलियो व्यक्ति र सधैँ सम्मान गर्नुपर्ने उनी बताउँथे । तर, पत्रिकामा प्रयोग भएको शब्दका कारण ट्रम्पले डेमोक्रेटिक पार्टीलगायत अन्य क्षेत्रबाट आलोचनाको सामना गर्नुपरेको छ । 

डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो वाइडेनले ट्रम्पको टिप्पणीका कारण सिंगो सैनिक बल नै अपमानित भएको आरोप लगाएका छन् । वाइडेनका छोरा सन् २०१५ मा इराकमा अमेरिकी सैनिकको ड्युटीमा थिए । त्यहीँ उनको निधन ब्रेन ट्युमरले भएको थियो । एक सैनिकको निधनलाई हरुवा वा पराजित भनी लज्जित गर्न नहुने वाइडेनको भनाइ छ । ‘यदि तपाईं (ट्रम्प)को छोरा लडाइँमा मृत्यु भएको भए, कस्तो महसुस गर्नुहुन्छ, यदि छोरा अफगानिस्तानमा छन् भने कस्तो महसुस गर्नुहुन्छ, परिवारजनलाई गुमाउँदा कस्तो महसुस गर्नुहुन्छ ?’ उनले भनेका छन् ।

तर, ट्रम्पले भने जीवनभर आफूले सैनिकको सम्मान गरेको र कहिल्यै पनि अपमानित नगरेको दाबी गरेका छन् । पत्रिकामा प्रकाशित भएकोजस्तो आफूले नबोलेको उनको भनाइ छ । ‘यो बिल्कुलै गलत हो, ममाथि यस्तो आरोप कसरी लाग्यो थाहा भएन, मेरो नजरमा सैनिक सधैँ हिरो नै हुन्,’ ट्रम्पले भने ।

ट्रम्पले सैनिकविरुद्ध बोलेका शब्द अहिलेको भने होइन । सन् २०१८ मा ट्रम्प फ्रान्समा थिए । एटलान्टिक म्यागजिनका अनुसार पहिलो विश्वयुद्धको क्रममा मारिएका सैनिकको स्मृतिमा बनाइएको पार्कमा ट्रम्प जान मानेनन् । राष्ट्रप्रमुखको भ्रमणको क्रममा फ्रान्समा सैनिक स्मारकमा फूलगुच्छा चढाउने चलन रहेछ । ट्रम्पलाई जति अनुरोध गर्दा पनि उनी त्यहाँ जान मानेनन् । त्यस बेला भारी वर्षा भइरहेको थियो । वर्षाले अवरोध पु-याइरहँदा ट्रम्पले नजिक रहेका व्यक्तिलाई भने, ‘म त्यहाँ किन जाने ? उनीहरू लुजर्स (पराजित) सैनिक हुन् ।’ ट्रम्पले यस्तो शब्द भनिरहँदा उनका ती शब्द सुन्ने केवल चार व्यक्ति मात्र रहेको पत्रिकाले जनाएको छ । 

ट्रम्पले पुनः एकपटक पत्रिकामा प्रकाशित भएको समाचार झुटो भएको दाबी गरेका छन् । भन्छन्, ‘म यस्तो शब्द प्रयोग गर्छु होला ? सैनिकविरुद्ध कहिल्यै नराकारात्मक सोच राखिनँ, मेरो नजरमा उनीहरू हिरो नै हुन्, तपाईंहरू हेर्नु मेरो कार्यकालमा सैनिक बजेट कति बढेको छ, यसबाट के स्पष्ट हुन्छ भने म अमेरिकी सैनिकलाई कुन नजरले हेर्छु ।’ पत्रिकाको व्यवहारले आफू दुःखी भएको उनले बताए । ‘यो अवस्थामा यस्तो किसिमको समाचार प्रकाशित गर्नु एउटा सुनियोजित योजना हो, यस कार्यबाट म पनि दुःखी भएँ,’ उनले भने । 

ad
ad