मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ भदौ १९ शुक्रबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७७ भदौ १९ शुक्रबार १५:१८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सन्दीपआबद्ध जमैका सिपिएलको सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ भदौ १९ शुक्रबार १५:१८:oo

नेपाली खेलाडी सन्दीप लामिछानेआबद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

आज बिहान सम्पन्न खेलमा गुयाना अमेजन वारियर्सले बारबाडोस ट्रिडेन्ट्सलाई ६ विकेटले पराजित गरेपछि जमैका आफ्नो खेल्न दुई खेल अगावै सेमिफाइनल पुग्न सफल भएको हो । यसअघि सन्दीपको टोली जमैकाको बिहीबार राति सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्ससितको खेल भने वर्षाका कारण रद्द भएको थियो ।

 उक्त खेलमा दुवै टोली एक–एक अंक बाँड्न बाध्य भए । तीन अंकमा सीमित सेन्ट किट्स प्रतियोगिताबाट बाहिरिएको छ । उसले हालसम्म नौ खेलमा एकमा जित तथा आठमा पराजय भोगेको छ । जमैका हालसम्म आठ खेलमा तीनमा जितका साथ सात अंकसहित चौथो स्थानमा छ । 

लिगमा शतप्रतिशत नतिजा निकाल्न सफल ट्रिनबागो नाइट राइडर्स १६ अंक बनाउँदै यसअघि नै सेमिफाइनल पुगिसकेको छ । उसले दुई खेल खेल्न अझै बाँकी छ । लिगमा सबै खेल खेलिसकेको गुयाना अमेजन वारियर्स हालसम्म १० खेलमा ६ मा जितका साथ १२ अंक बनाएर अन्तिम चारमा स्थान बनाउन सफल भएको छ । 

यस्तै सेन्ट लुसिया जुक्स पनि सेमिफाइनलमा पुगिसकेको छ । उसले हालसम्म आठ खेलमा पाँचमा जित निकाल्दै १० अंक जोडेको छ । साबिक विजेता बारबाडोस ट्रिडेन्ट्स भने नौ खेलमध्ये दुईमा मात्र विजयी भई चार अंकका साथ प्रतियोगिताबाट बाहिरिएको छ । रासस