मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ भदौ १८ बिहीबार १३:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ढोरपाटन पहिरो अपडेट :  मृत्युु हुनेको संख्या ११ पुग्यो, ३० भन्दा बढी बेपत्ता 

Read Time : < 1 मिनेट
२०७७ भदौ १८ बिहीबार १३:२५:००

जिल्लाको ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राति आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ । जिल्ला प्रहरी कार्यालय बाग्लुङका अनुसार ३० जनाभन्दा बढी बेपत्ता भएका छन् ।  

बिहानसम्म १३ जना बेपत्ता भएको जानकारी आए पनि अहिले प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेपछि दोब्बरभन्दा बढी संख्यामा मानिस बेपत्ता भएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । योसँगै बेपत्ता हुनेको संख्या पनि ठूलो देखिएको छ । 

हालसम्म चारजना घाइते भेटिएको प्रहरीले जनाएको छ । राति करिब १२ बजे भुजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ५, ६, ७, ८ र ९ का ३१ भन्दा बढी घर बगाएको छ । मृतकमध्ये चारजना पुरुष र एक बालिकासहित सातजना महिला छन् । जसमा एक महिलाको भने सनाखत भएको छ। ढोरपाटन नगरपालिका– ९ की २६ वर्षीया केशमाया विक रहेको रेग्मीले बताए। 

शव कतै पुलको लठ्ठाेमा अड्केको अवस्थामा फेला परेको छ भने कतै खोलाकिनारको बालुवामा भेटिएको छ । शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ। उद्धारका लागि स्थानीय, प्रहरी र सेनाको टोली पुगेर उद्धार कार्य सुरु गरेको छ ।

अन्य गाउँमा पनि प्रहरी र स्थानीय मिलेर खोजी तथा उद्धार कार्य जारी राखिएको छ । बाढीले सडकछेउमा पार्किङमा राखेको जिप, दुईवटा विद्युतगृह, स्वास्थ्य चौकी भवन, एकवटा झोलुंगेपुल, ढोरपाटन- ९ को सरस्वती आधारभूत विद्यालय र जनचेतना प्राथमिक विद्यालय भवनसमेत बगाएको छ ।

उद्धारका लागि गृहमन्त्री रामबहादुर थापासहितको टोली आउने भने पनि मौसम खराबीका कारण फर्किए पोखरा विमानस्थलमा अवतरण गरिएको छ ।