१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७५ माघ १७ बिहीबार १७:२१:००
Read Time : < 1 मिनेट
समाचार

डा. केसीको जीवन रक्षार्थ प्रतिनिधिसभा बैठक अवरुद्ध पारेकाे बालकृष्ण खाँडकाे स्पष्टिकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ १७ बिहीबार १७:२१:००

प्रमुख प्रतिपक्ष दल कांग्रेसले आमरन अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार संवेदनशील नभएकाले प्रतिनिधिसभा बैठक बिहीबार पनि अवरुद्ध पार्नु परेको स्पष्टिकरण दिएको छ । 

कांग्रेसका प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाँडले डा. केसीसँग गरिएको सहमति विपरित सरकार र सभामुखले प्रतिनिधिसभाबाट जबरजस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि संसद बैठक अवरुद्ध पारेको स्पष्टिकरण दिएका छन् । उनले सभामुख कृष्णबहादुर महरा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच संवादको माध्याम बन्नु पर्नेमा सत्तापक्षीय बनेकाले उनको आलोचना गर्नु परेको बताए ।  बिहीबार प्रतिनिधिसभा बैठक अवरुद्ध पारेपछि संचारकर्मीमाझ कुरा गर्दै प्रमुख सचेतक खाँडले कांग्रेसले जनसरोकारका विभिन्न विषयलाई लिएर सरकारविरुद्ध आन्दोलन सुरु गरेको बताए ।

कांग्रेसले डा. केसीको माग सम्बोधन नगरेसम्म संसद बैठक चल्न नदिने अडान राख्दै आएको छ ।