१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ असार १० बुधबार १७:३८:००
Read Time : < 1 मिनेट
समाचार

प्रतिपक्षी दलको अवरोधका कारण कर्णाली प्रदेश सभाको बैठक स्थगित

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ असार १० बुधबार १७:३८:००

कर्णाली प्रदेश सभाको बुधबारको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस अवरोध गरेपछि स्थगित भएको छ । बैठकको प्रारम्भ हुनासाथ प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रालयले ल्याएको बजेटमाथि नीतिगत त्रुटि भएकोले नसच्याएसम्म छलफल अघि बढ्न नसक्ने बताए ।

बुधबार प्रदेश सभामा सामाजिक विकास मन्त्रालय, प्रदेश सभा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बजेटमाथि छलफल गर्ने कार्यसूची तोकिएको थियो ।

प्रतिपक्ष दलका नेता शाहीले कर्णाली योजना आयोगले ल्याउने विकासका वार्षिक कार्यक्रम आर्थिक मन्त्रालयले ल्याएकोमा भन्दै आपत्ति जनाए । ‘वार्षिक विकास कार्यक्रम कर्णाली योजना आयोगले ल्याउनुपर्ने हो  किन मन्त्रालयले ल्यायो,’ उनले भने, ‘कि कर्णाली योजना आयोग खारेज गरौँ ।’

अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दा घोषणा गरेका अंकहरू मन्त्रालय शीर्षकसँग मेल नखाएको, पुँजीगत खर्च र साधारण नछुट्याएर बजेटमा आएको र बजेटलाई एकमुष्ट डल्लो बनाइराखिएकोले प्रक्रिया मिचेर ल्याएको बजेटमा छलफल अगाडि बढ्न नसक्ने नेता शाहीले बताए । 

सभामुख राजबहादुर शाहीले पटकपटक बसेर सदन सञ्चालन गर्न आग्रह गरेका थिए, तर प्रक्रियागत ढंगले बजेट नल्याएसम्म छलफल अघि बढ्न नसक्ने भन्दै प्रतिपक्ष दलका सांसद उभिएर विरोध गरेपछि सभामुख शाहीले संसद स्थगित गरेका थिए ।